यूरोप लगायतका देशहरुमा पठाउने भनी करोडौ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, ५ माघ । यूरोप लगायतका विभिन्न देशहरुमा पठाउने भन्दै ठगि गर्ने पारस लोहनीलाई काठमाडौं महाशाखा प्रहरीले पक्राउ परेका छन् नुवाकोट थानपती–९ घर भई हाल ललितपुर तिखेदेवल बस्ने पारस लोहनीले विभिन्न प्रलोभन देखाई यूरोप लगायतका देशहरुमा पठाउने भनी ठगि गरेको भनि म्याग्दी बेनी नपालिका–४ का पिडित महेन्द्र शेरचन समेतका व्यक्तिहरुको महाशाखामा निवेदन दिएका थिए उक्त निवेदनका आधारमा महाशाखाबाट खटिएको प्रहरीले लोहनीलाई यहि माघ ३ गते काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेबाट पक्राउ गरेको हो लोहनीले फ्रान्स, जापान, पोर्चुगल, सिंगापुर, अमेरिका लगायतका देशहरुमा पानीजहाजमा आकर्षक सेवा सुविधा सहितको रोजगारी लगाइदिने प्रलोभन देखाई प्रतिव्यक्ति ७ लाखदेखि ३५ लाखसम्म गरी २ करोड ७५ लाख ठगी गरेको भनी ३३ जना पीडितहरुले महाशाखामा उजुरी दिएका थिए लोहनीलाई थप अनुसन्धान एवं कारबाहीको लागि महानगरी प्रहरी परिसर काठमाडो पठाइएको छ मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा केही ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?