२१ असार २०७९, मंगलवार

भारतले सिमा मिचेको भन्दै विरोध

२०७४,माघ,५,शुक्रवार १५:१८

0
Shares

वीरगंजस्थित नेपाल–भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन सुरु गरिएको छ सीमा क्षेत्रको विषयमा वकालत गर्दै आएको ग्रेटर नेपालले शुक्रबार मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सिमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एक घण्टे धर्नासहित विरोध प्रर्दशन गरेको हो । त्यस अवसरमा ग्रेटर नेपालका अध्यक्ष फनिन्द्र नेपालले नापीको जिम्मा लिएको नापी विभागकै कारण नेपालले एकपछि अर्को ठाउँको जमिन गुमाउँदै जानु परेको आरोप लगाए। ग्रेटर नेपालले भारतले हालसम्म नेपालको १ हजार ३ सय वर्ग किलोमिटर जमिन मिचेको दावी गर्दै त्यसको विरोधमा विभिन्न अभियान संचालन गर्दै आएको छ यता, सरकारले भने वीरगंजमा भारतले नेपालको सीमा नमिचेको स्पष्टिकरण दिएको छ । नापी विभागमा महानिर्देशक गणेशप्रसाद भट्टले वीरगंजमा नेपाली भूभाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने दावी गरे । उनले नापी विभागले प्रमाणको आधारमा मात्रै आफ्नो कार्य सम्पादन गर्दै आएको तर्क समेत गरे । नापी विभागले वीरगंजमा भारतले नेपाली भूमिका मिचेको हो, होइन, छानवीन गर्न निर्देशक नेतृत्वकै टोली फिल्डमा पठाइ सकिएको पनि जनाएको छ विभागले वीरगंज नगरपालिकास्थित नेपाल भारत सीमामा नेपालको ५० विघाभन्दा बढि जमिन मिचिएको भन्ने समाचारको खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति: २०७४,माघ,५,शुक्रवार १५:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संघीय संसदको आगमी निर्वाचन र भातृ संस्थाका का बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ ।

काठमाडौं– नेकपा माओवादी केन्द्रको विस्तारित बैठक सकिएको छ । बैठकले पदाधिकारी चयन गर्ने पूर्ण अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केहिबेरअघि सुरु भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा चलिरहेको छ । जारी बैठकमा पदाधिकारी र केही केन्द्रीय सदस्य पनि

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६