किन सारीरहन्छिन् प्रियंकाले विवाह ?

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीबीचको विवाह यसवर्ष पनि नहुुने भएको छ । उनीहरु प्रेम सम्बन्धमा रमाउन थालेको तीन वर्ष हुनलाग्यो भने प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागिपरेको पनि एक बितिसक्यो । तर, दुई पटक इन्गेजमेन्ट भैसक्दा पनि विवाहको मिति जुर्न सकेको छैन ।

यो जोडीले आफ्नो विवाह यस वर्षको असारसम्म गरिसक्ने बताउँदै आएका थिए । तर,अनेक कारणले सम्भव भएन । नायिका ऋचा शर्माको विवाह र पार्टी दुबैको साक्षी बनेकी अभिनेत्री प्रियंकाको भने अहिलेसम्म विवाहको मिति जुर्न सकेको छैन । उनले यो वर्ष आफूहरुको विवाह नहुने बताएकी छन् ।

ऋचाको रिसेप्सन पार्टीमा मौसमलाई चुनौती दिँदै खरानी रंगको साडी र घाँटीतर्फको भाग खुलेको ब्लाउजमा सजिएकी उनले आफ्नो विवाहको बारेमा पनि मुख खोलिन् । ‘यो वर्ष नै विवाह गर्ने तयारी थियो,तर हामीले आफन्तहरुको समय नमिलेका कारण गर्न सकेनौँ । पहिलो साइत सरेपछि दोस्रो साइत जुराउन गाह्रो भएको छ ।’

प्रियंकाले अब अर्को वर्ष मात्र विवाह हुने बताएकी छन् । ऋचाको रिसेप्सन पार्टीमा प्रियंका आमाको साथमा पुगेकी थिइन् ।तर, आयुष्मान भने उपस्थित थिएनन् । दुईलाई पार्टीमा एकसाथ नदेख्दा उनीहरुको सम्बन्धमा दरार आएको हुनसक्ने अड्कल काटिएको छ । तामझामका साथ दुईपटक इन्गेजमेन्ट भैसके पनि विवाह हुन नसक्दा अब उनीहरुको विवाह हुनेमा धेरैको शंका छ ।

केहि दिन अघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोष्ट गर्दै आयुष्मानलाई भनिन्, ‘तिम्रो ओठमा दैनिक चुम्बन गर्नु मेरो सबैभन्दा प्रिय काम’ कार्कीले आफूलाई सबैभन्दा मनपर्ने ६ प्रिय कामको सूची तयार गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘मलाई यी कुरा गर्न  अत्याधिक मनपर्छ ।

१. तिम्रो हात समात्नु ।

२. तिम्रो जोक्समा हाँस्नु ।

३. तिमी सँगसँगै हिँड्नु ।

४.सोफामा आरामले सँगै सुत्नु ।

५. तिम्रो आँखामा हेर्नु ।

६. तिम्रो ओठमा दैनिक चुम्बन गर्नु ।

’उनको यो पोष्टमा आयुष्मानले पनि प्रतिक्रिया दिएका छन् । उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह आइ लभ यु’ । प्रियंकाको पोष्टमा धेरै जनाले कमेन्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?