काठमाडौं । सप्तरीमा बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साह धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतले साहसहित तीन जनालाई धरौटीमा रिहा गरेको हो ।
अदालतले तीनै जनालाई १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश जवाहर प्रसाद सिंहको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
आफूमाथि वलात्कार प्रयास गरेको भन्दै ३४ वर्षीया एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीले वडा अध्यक्ष साहसहित तीन जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । वडा अध्यक्ष साहसहित सोही ठाउँका अनिल राय र मो. नसिमलाई मंसिर २२ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरु जनही १५ हजार धरौटीमा रिहा भएको अदालतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया