२१ असार २०७९, मंगलवार

पञ्चकन्या माईद्वारा शेयर निष्कासन

२०७४,माघ,५,शुक्रवार १४:३२

0
Shares

इलाम, ५ माघ । जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आजबाट स्थानीयवासीका लागि शेयर निष्कासन गरेको छ सन्दकपुर गाउँपालिकास्थित बाह्र मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गरेको सो कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए शेयर खरिदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने छन् । खरिदकर्ताले न्यूनतम २० देखि अधिकतम पाँच हजार ५०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने निर्देशक प्रधानले बताए आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाकाका लागि शेयर निष्कासन गरेको हो कम्पनीले यहाँका स्थानीयवासीका लागि रु ११ करोड मूल्य बराबरको ११ लाख कित्ता शेयर निष्कासन गरेको छ । प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिकाका बासिन्दाले छ लाख ६० हजार तथा इलाम नगरपालिकाका बासिन्दाले चार लाख ४० हजार कित्ता शेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,माघ,५,शुक्रवार १४:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मौद्रिक नीतिमा आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रले माग गरेका

काठमाडौं । देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । यस दिन सेयर बजारमा २.२२ अंकको

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आईपीओ

ताजा समाचार

बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६