यस्तो देखियो चलचित्र ‘आमा’को ट्रेलर

काठमाडौं । निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार भएको फिल्म आमाको ट्रेलर बिहीवार युट्युबमा सार्वजनिक भएको  हो । यो नेपालकै पहिलो फिल्म ‘आमा’को नाम सापटी लिएर निर्माण गरिएको चलचित्र हो । फिल्मको ट्रेलरमा आमाको महत्व र मायालाई दर्साइएको छ । आमाको भूमिकामा मिथिला शर्मा रहेकी छिन् ।

फिल्ममा नायिका सुरक्षा पन्तले अर्ध मुण्डन गरेकी छिन् । फागुन ९ मा रिलिज हुँने तयारीमा रहेको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतका कलाकारको बेजोड अभिनय रहेको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?