सीके राउत आफ्नै डेराबाट पक्राउ

जनकपुर, ५ माघ । स्वतन्त्र मधेश अभियानमा चलाइरहेका सीके राउतलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो धनुषाको माछा बजारस्थित डेराबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख चक्रबहादुर सिंह बताए प्रहरी प्रमुख सिंहले भने, ‘राउतलाई पक्राउ गरिएको होइन, निगरानीमात्रै हो, आज बलिदानी दिवस भएकाले उनी कतै निस्कन्छन कि भनेर प्रहरीले निगरानी गरेको हो ।’स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतविरुद्ध अदालतमा राज्यविप्लवको मुद्दा चलेको थियो । सप्तरी घर भएका राउत हाल धनुषामा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?