तपाईको आजको दिन कस्तो रहनेछ ? राशिफलबाटै थाहा पाउनुहोस्

आज मिति २०७६ साल पुस महिनाको ४ गते शुक्रबार । इ.स.२०१९ डिसेम्बर २० तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० थिंलागा । पौष कृष्णपक्ष । तिथी– नवमी,१९ बजेर ४८ मिनेट उप्रान्त दशमी । नक्षत्र– हस्त,२१ बजेर १३ मिनेट उप्रान्त चित्रा । योग–सौभाग्य,१५ बजेर ५७ मिनेट उप्रान्त शोभन । करण– तैतिल,०८ बजेर ५८ मिनेट उप्रान्त गर,१९ बजेर ४८ मिनेट उप्रान्त वणिज, ३० बजेर ४० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा अमृत योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ६ बजेर ५० मिनेटमा, सूर्यास्त १७ बजेर १० मिनेटमा । दिनमान २५ घडी ५९ पला ।तपाईको आजको दिन कस्तो रहनेछ ? राशिफल हेर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : शत्रुमाथि विजय गर्न सकिनेछ तथा आट,शाहस, हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिने छ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विसेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानि भईरहने व्यवसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : राम्रा काम गरि अरुको बिश्वास जित्न सकिनेछ । धैर्यधारण गरि काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजयी भईनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानी अथवा त्यो सँग सम्बन्धित कामहरुबाट सन्तुष्ट हुन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाढिने योग रहेको छ । व्यापारमा लगानी गर्नको लागी केही समय धैर्यधारण गर्नुहोला । तर पनि कृषि,पशुपालन तथा पुर्खौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नचाहादा नचाहादै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : आफ्नै मेहनेतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइमा मन जानेछ भने पढाईकै सवालमा यात्रा गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): बन्द व्यापारमा लगानि गरि आर्थिक क्षेत्र बलियो बनाउँन सकिनेछ । पहिले लगानि गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा मनग्गे समय खर्चिए पनि न्युन सफलता हात लागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : व्यापारमा मन्दि आउने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । स्वदेशी सामानको व्यापारमा कमि आएपनि विदेशमा उत्पादन भएका सामानको व्यापार बढ्नेछ । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरुतिरै जानेछ । प्रेममा धोका तथा अबिश्वास बढ्ने योग रहेको छ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ । स्वास्थ्यको ख्याल गर्नुहोला खर्च बढ्न सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरि रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरि रोजगारिको अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यावसायमा लगानीका प्रश्ताव आउँने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलिमा परिवर्तन हुनेछ । पढाइमा मन जानेछ भने पढाईकै सवालवा लामो दुरिको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी पनि बढाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : समाज तथा समुदाएको हितमा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोजिमुलक क्षेत्रमा लगानि बढाउँदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढाइ लेखाइकै सन्दर्भमा लामो दुरिको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरि अरुको सेवा गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : व्यापारमा मन्दि आउँने तथा लगानी गर्नको लागि केहि समय कुर्नु नै राम्रो हुनेछ । आफन्त तथा चेली माईतीबीचको सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ । पढाइमा प्रसस्त समय दिएमात्र नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । साना समस्यामा गम्भिर नबन्दा ठुलो बन्न सक्छ । गोपनियतामा ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । अतिथिको रुममा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?