नेविसंघलाई नेताले होइन नितिले निर्देशन गरे सबै विवाद आफै हल हुन्छ ः उपाध्यक्ष अधिकारी

नेपाल विद्यार्थी संघमा पछिल्लो समय विवाद झनै चुलिएको छ । झुण्ड झुण्डमा विभाजिन नेविसंघमा विभिन्न गुट र उपगुटको समानान्तर गतिविधीपनि देखिन्छ । हरेकका सार्वजनिक किसिमको गतिविधी नेविसंघलाई चलायमान बनाउने किसिमको भएपनि कुन गुटले जस लिने भन्न होडबाजी यतिवेला नेविसंघमा चलेको छ । केहीदिनअघि दुईवटा अनुसासन समितिको नाममा एकले अर्कालाई स्पष्टिकरण सोध्ने होडबाजी नै चल्यो । खासमा नेविसंघको विवादको चुरो कारण के हो ? अब नेविसंघ कसरी संगठित भएर अगाडी बढ्न सक्छ लगायतको विषयमा नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीसँग गरिएको कुराकानी ःनेपाल विद्यार्थी संघमा विवाद चुलिएको छ । तपाई अनाधिकृत ढंगबाट चलेको भन्दै तपाईलाई स्पष्टिकरण सोधिएछ नी ?नेपाल विद्यार्थी संघका अध्यक्ष गैरजिम्मेवार र विधानसम्मत नचल्दा विवाद भएको हो । अध्यक्ष विधान र नियमावली अनुसार चल्ने र सबै केन्द्रिय समितिका पदाधिकारी एवं केन्द्रिय समितिका साथिहरुसँग छलफल गरेर अगाडी बढेको भए यस्तो परिस्थिती शिर्जना हुने थिएन । ११ औँ अधिवेशन सम्मन्न भयो , अधिवेशन सम्पन्न निर्देशन समितिले सम्पन्न गर्दैगर्दा जुन जिम्मेवारी केन्द्रिय समितिलाई दिएको थियो । त्यो जिम्मेवारी १७ महिना वितिसक्दापनि मुकदर्शकमात्र भएर हामी बस्यौ । केन्द्रिय समितिको पहिलो बैठकमा हामीलाई निर्देशन समितिले ११ जिल्ला , विवादित १३ जिल्ला र जिल्ला क्याम्पसहरुमा अधिवेशन सम्पन्न गर्न र समस्या समाधान गर्न जुन जिम्मेवारी दिएको थियो , त्यो हामीले अध्यक्ष ज्यूलाई पटकपटक आग्रह गर्दापनि उहाले केही गर्न चाहनुभएन । त्यसै १७ महिना वित्यो । पटकपटक संगठनलाई चलायमान र गतिशिल बनाउन आग्रह गर्यौ तर उहाले केही गर्नुभएन अझ भनौ चाहनुभएन । अध्यक्ष ज्यूले जसरी संगठनमा सबैसँग समन्वय गरेर अगाडी बढ्नुपर्ने हो त्यो उहाले चाहनुभएन, नितान्त गुटगत रुपमा प्रस्तुत हुनुभयो । कोठामा समित झुण्डसँग बसेर निर्णय गर्ने, अनाधिकृत तवरबाट केन्द्रिय समितिका पदाधिकारी एवं सदस्य साथिहरुलाई जानकारी नै नदिई जुन कार्य गर्नुभयो , त्यसले संगठनमा विवाद शिर्जना गर्यो । हामीले पटकपटक अध्यक्ष ज्यूलाई सबैको अध्यक्ष हुनुहोस् गुट वा झुण्डको होइन भनी आग्रह गर्यौ । तर उहाले गुटगत रुपमा त अगाडी बढ्नु नै भयो अझ संगठनलाई विधान विपरित आमन्त्रित केन्द्रिय सदस्यको मनोनय लगायतको काम वितान विपरित गर्दै अगाडी बढ्नुभयो । अझ हामी मौन नै बस्यौ । तर स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत नेविसंघलाई झोलामा समित गराइयो । नेविसंघलाई अझ चलायमान बनाउनको निम्ति हामीले योजना लिएर जादा उहा नीति होइन नेताको बोली र आश्वासनको पछि लाग्नुभयो । देशभरका साथीहरुको आग्रहमा संगठनको विधान र नियमावली बमोजिम चलायमान बनाउदै हामीले आफ्नो गतिविधी गर्दा अध्यक्षलाई मन परेन भन्दैमा विधान विपरित भन्न पाइन्छ र ? हामीले गरेका कुनै गतिविधी संगठनको विधान र हितभन्दा बाहिर छ भने म कारबाहीको भागिदार हुन तयार छु । नेतृत्व कम्भकर्णिय निन्द्रामा सुतेझै गर्ने अनी संगठनलाई चलायमान बनाउदा विधान विपरित गतिविधी भन्नु आफ्नो लाज छोप्न अरुलाई गिज्याउनुमात्र हो

हामीलाई निर्देशन समितिले ११ जिल्ला , विवादित १३ जिल्ला र जिल्ला क्याम्पसहरुमा अधिवेशन सम्पन्न गर्न र समस्या समाधान गर्न जुन जिम्मेवारी दिएको थियो , त्यो हामीले अध्यक्ष ज्यूलाई पटकपटक आग्रह गर्दापनि उहाले केही गर्न चाहनुभएन ।

अध्यक्ष समेत उपस्थित गराउन नसक्ने कस्तो किसिमको परिक्षण ? गुटगत प्रशिक्षण किन नभन्ने ?संगठनलाई गतिशिल र चलायमान बनाउन साथीहरुसँग छलफल गरेर कार्यक्रमको मिति तय गरेका हौँ । मैले अध्यक्ष ज्यू सँगपनि सल्लाह गरेको हुँ, यो उहा स्वयम्लाई थाहा छ । अझ नेविसंघको विधानमा उपाध्यक्ष प्रदेशको संयोजक रहने र सहमहामन्त्री सदस्य सचिब रहने स्पष्ट उल्लेख छ । गत पुस १५ गते विपिको मेलमिलाप दिवशको अवसरमा संगठनलाई गति दिनको लागी अनुपम फुडल्याण्डमा बानेश्वरमा पार्टीका युवा नेताहरु एवं केन्द्रिय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ , गगन थापा, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायत नेताहरुलाई बोलाएर अब कांग्रेसलाई गति दिनुपर्छ , नेविसंघलाई शसक्त बनाउनुपर्छ भनेर वृहत अभियानको प्रारम्भ गर्यौ । अध्यक्ष ज्यूले प्रसंशा गर्नुहुन्छ भन्ने मलाई लागेको थियो । तर उल्टो प्रसंसा होइन अध्यक्ष ज्यूले तथाकथित स्पष्टिकरणको दण्डा तेस्र्याउनुभयो । यस्तै प्रदेश समितिका साथीहरुसँग छलफल गरेर प्रदेश स्तरिय प्रशिक्षण भर्खरै माघ ३ गते धादिङ जिल्लाको धादिङवेसीमा सम्पन्न भएको छ । यो पशिक्षण गर्ने कुरापनि उहासँग भएकै हो । प्रशिक्षणमा कांग्रेसका प्रभाबशाली नेता अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्य तथा चन्द्र भण्डारीको विशेष आतिथ्यमा सम्पन्न भएको छ । प्रशिक्षण राखेर नेविसंघ शसक्त, बलियो र चलायमान बनाउन नपाउने ? म अध्यक्ष ज्यूलाई प्रश्न गर्न चाहन्छु । स्थानीय तह, प्रदेश र प्रतिनिधीसभा निर्वाचनको परिणाम नेपाली कांग्रेसको पक्षमा जसरी आउनुपर्ने हो त्यो आउन सकेन । कांग्रेसका भातृ सस्थाहरु जसरी बलियो हुनुपर्ने थियो त्यो नभएको कारण अपेक्षाकृत परिणाम नआएको सत्य छर्लङ छ । नेविसंघ कांग्रेसको नर्सरी हो, हामी नेविसंघलाई बलियो र शसक्त बनाउन चाहन्छौ । अनी बल्ल कांग्रेस बलियो हुन्छ, कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुन्छ । हाम्रा परिक्षण कार्यक्रमहरु अन्य प्रदेशहरुमा पनि अगाडी बढ्दै जान्छ अब रोकिन्न । प्रदेश समितिका साथीहरुसँग सरसल्लाह र छलफल गरेर जिल्लास्तरिय र क्याम्पसस्तरीय संगठन पुनजागरण अभियान हामीले सञ्चालन गर्र्दैछौ । म सम्पूर्ण साथीहरुलाई आग्रह गर्न चाहन्छु संगठन सुदृधिकरण अभियान अब रोकिन्न । अभियानमा लाग्ने साथीहरुमाथी कसैले विधान विपरित चल्यो भन्छ भने साथीहरुसँगै मपनि कारबाही भोग्न तयार छु

अध्यक्ष ज्यूले जसरी संगठनमा सबैसँग समन्वय गरेर अगाडी बढ्नुपर्ने हो त्यो उहाले चाहनुभएन, नितान्त गुटगत रुपमा प्रस्तुत हुनुभयो । कोठामा समित झुण्डसँग बसेर निर्णय गर्ने, अनाधिकृत तवरबाट केन्द्रिय समितिका पदाधिकारी एवं सदस्य साथिहरुलाई जानकारी नै नदिई जुन कार्य गर्नुभयो । त्यसले संगठनमा विवाद शिर्जना गर्यो ।

तपाईले आफ्नै नेतृत्वमा विभिन्न कार्यक्रम गरिरहनुभएको छ , खासमा यस्ता कार्यक्रम गर्नको लागी विद्यार्थीले स्रोतको व्यवस्थापन कसरी गर्छन् ?बास्तवमा अत्यन्तै राम्रो र गर्भिलो प्रश्न गर्नुभयो । साच्चै कार्यक्रम गर्दा अत्यन्तै गाह्रो र विभिन्न कठिनाई आइपर्छ । यसलाई सहज र सम्पन्न गर्न संगठनलाई माया गर्ने शुभचिन्तक , साहयोगी साथीहरुसँगको समन्वयमा सहयोग लिएर हामीले कार्यक्रम सम्पन्न गरेका छौ झुण्ड झुण्डमा विभाजित नेविसंघलाई अब कसरी चलायमान र संगठित बनाउन सकिन्छ ?लामो समय भयो नेविसंघको केन्द्रिय समितिको बैठक बस्न सकेको छैन । म अझैपनि अध्यक्ष ज्यूलाई आग्रह गर्न चाहन्छु । तपाई हामी सबैको साझा अध्यक्ष हो , गुटगत संकिर्णतालाई छाडिदिनुहोस् । केन्द्रिय समितिका पदाधिकारी, केन्द्रिय सदस्य एवं अन्य महत्वपूर्ण साथिहरुसँग राय छलफल गरेर अगाडी बढ्न अध्यक्ष ज्यूलाई आग्रह गर्दछु । मेरो लक्ष्य संगठनलाई आच पुर्याउने होइन केबल गतिशिल र चलायमान संगठन निर्माण ने हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?