ठुला परियोजना निर्माण गर्न पहाड फोरेर गिट्टी बालुवा उत्खनन गर्नुपर्छः अर्थमन्त्री खतिवडा

लोकपथ संवाददाता
0
Shares
Finance Minister Yubaraj Khatiwada addresses the two-day third Responsible Business Summit organised by National Business Initiative under the theme of ‘responsible business for sustainable development’, in Kathmandu, on Friday, September 6, 2019. Photo: Bal Krishna Thapa Chhetri/THT

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नदिजन्य निर्माण सामग्रीको उत्खननले मात्रै ठुला परियोजना निर्माण सम्भव नभएको बताउँदै पहाड फोरेर गिट्टी बालुवा उत्खनन गर्नुपर्ने बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहीबारको बैठकमा अर्थमन्त्री खतिवडाले रणनीतिक राजमार्ग, विमानस्थल तथा रेल्वे निर्माणका लागि नदिजन्य निर्माण सामग्रीले नपुग्ने भन्दै वातावरणमा असर नपर्नेगरी ठूला पाहाडहरु फोर्नुको विकल्प नरहेको बताउनुभएको हो । उहाँले प्रदेश र स्थानीय तहबीचको बहसका कारण पहाडबाट निर्माण सामग्रीहरु उत्खनन गर्न कठिनाई भएको उल्लेख गर्दै यस्तो अवस्था रहिरहे ठुला परियोजनाहरुको निर्माण कार्य प्रभावित हुने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले एउटा सडक निर्माण गर्न सातआठवटा निकायले काम गरिरहेको बताउँदै सबै निकाय सडक निर्माणमा केन्द्रीत हुन नसहुने बताउनुभयो । उहाँले ७ सय ६१ वटै सरकार र तीनका सबै मन्त्रालय तथा निकायहरु कुनै न कुनै रुपमा सडक निर्माणमा मात्र केन्द्रीत रहेको बताउँदै अहिलेको विकास सडक निर्माणले नै अस्तव्यस्त बनाएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले पछिल्लो समय सार्वजनिक खरिद नियमावलीका कारण पनि विकास निर्माण प्रभावित भएको बताउनुभयो । त्यस्तै आयोजनाको प्राथमिकता निर्धारण गर्न नसकिएकोले बजेट खर्च कम भएको उल्लेख गर्दै तीन वटै तहका सरकारबीच समन्वयको आवस्यकता रहेको बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेश सरकारको बजेट खर्च न्यून भएका कारण पनि विकास खर्च कम देखिएको बताउनुभयो । उहाँले आयातमा आधारीत आर्थिक वृद्धि र राजश्व प्रणालीबाट आन्तरिक उत्पादनमा आधारित आर्थिक वृद्धि र आन्तरिक निर्माण सामग्री, आन्तरिक सामग्रीमा आधारीत विकास र त्यसैमा आधारित राजश्व प्रणालीको विकास सरकारले गरिरहेकाले अव दिगो आर्थिक विकासको अधार तयार हुन लागेको समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?