‘आन्दोलन गर्नु नै अपराध बढाउनु हो’

बाजुरा, ५ पुस । प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले अपराधका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताएका छन् त्रिवेणी नगरपालिका–९ पैमामा निर्माण भएको बडीमालिका प्रहरी चौकीको उद्घाटन गर्दै नेपालले शान्तिपूर्ण वातावरणमा रहेको समाजलाई बिगार्ने र विभिन्न अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने बताए अहिलेको प्रदेश मुकामको विषयलाई लिएर बन्द हडतालन गर्नु उपयुक्त नभएको उनको भनाइ थियो । “आन्दोलन गर्नु नै अपराध बढाउनु हो,” उनले भने । नेपालले जिल्लाको सुरक्षाका लागि जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिए प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्तिकोष तथा प्रहरी क्षेत्रीय भवन कार्यालयको रु ५० लाख २१ हजार लागतमा सो भवन ठेक्का प्रक्रियाबाट निर्माण गरिएको हो जग्गादातालाई सम्मानबडीमालिका प्रहरी चौकी निर्माणका लागि निःशुल्क जग्गा सहयोग गर्ने जग्गादातालाई जिप्रका बाजुराले सम्मान गरेको छ । त्रिवेणी नगरपालिका–९ का १० जना जग्गादातालाई सम्मान गरिएको हो सम्मानित हुनेमा त्रिवेणी नगरपालिका–९ का राजेन्द्र खत्री, मन्धिरे खत्री, डम्बर खत्री, बिर्ख खत्री, अमरसिं खत्री, नन्द खत्री, रामबहादुर थापा, दल थापा, धनराज खत्री र चेतराज पाध्याय रहेका छन् । उनीहरुले प्रहरी चौकीका लागि करिब पाँच रोपनी जग्गा निःशुल्क दान गरेका हुन् यस्तै, भवन निर्माणमा सहयोग गर्ने बडीमालिका मन्दिरका पुजारी नेत्रप्रसाद पाध्याय, पार्वती माविका प्राचार्य कर्ण थापा, साइमल दमाईं र कल्धरी साउदलाई प्रहरी अतिरिक्त महानिरीक्षक नेपालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । यसैगरी, एसइई परीक्षामा उत्कृष्ट अंंंक ल्याउने सुस्मिता थापालाई पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?