‘नेपाल आइडल’को तेस्रो संस्करण आजदेखि

काठमाडौं । नेपालको पहिलो गायन रियालिटी सो ‘नेपाल आइडल’को तेस्रो संस्करण आजदेखि प्रसारण हुँदै छ । ‘नेपाल आइडल’को तेस्रो संस्करण आज (बिहिबार) ८:३० देखि एपी वान एचडी टेलिभिजनमा प्रसारण हुने भएको हो ।

चार हजारभन्दा बढी प्रतियोगीबाट छानिएर करिब सय जना तेस्रो नेपाल आइडल बन्ने प्रतिस्पर्धामा सहभागी हुने आयोजक टिमले जनाएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय गायन रियालिटी सो ‘आइडल’को फ्रेन्चाइजका रूपमा सुरु भएको नेपाल आइडलका दुई संस्करण पूरा भइसकेका छन्। जसमा नेपाल आइडल पहिलो संस्करणको उपाधि बुद्द लामाले हात पारेका थिए भने दोश्रो संस्करणको उपाधि रवि ओडले हात पारेका थिए ।

तेस्रो संस्करणको पनि अडिसन सकिएर आजबाट एपी वान एचडी टेलिभिजनमा प्रसारण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?