बालुवाटारमा केन्द्रीय समिति, भक्तपुरमा जिल्ला सभापतिहरुको गोप्य भेला

काठमडौं, ५ माघ । नेपाली कांग्रेस प्रदेश ३ का जिल्ला सभापतिहरु यतिबेला गोप्य छलफलमा व्यस्त रहेका छन् नुवाकोट, काभ्रे, रसुवा, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, दोलखा लगायतका जिल्ला सभापतिहरु भक्तपुरमा भेला भइ मुलुकमा जारी राजनीतिक विषयमा केन्द्रि रहि छलफलमा जुटेका छन् भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले समसामयिक विषयमा गोप्य भेलामा रहेको बताए । उनले दिउँसो अझ गम्भीर छलफल हुने बताए त्यस्तै, नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले स्थानीय तहको निर्वाचनदेखि अहिलेसम्मको राजनीतिक अवस्था र कांग्रेस परिणामलाई लिएर छलफल सुरु गरेको बताए आगामी दिनमा कांग्रेस कसरी अगाडि बढ्ने विषयमा निष्कर्ष निकाल्ने समेत बताए प्रदेशको अस्थायी राजधानीबारे अहिले जारी रहेको आन्दोलन मुख्य एजेन्डा भने नभएको नेता केसीले बताए पनि थापाले भने यो विषय पनि उठ्न सक्ने जानकारी दिए । भक्तपुरमा जारी रहेको गोप्य भेलामा भने धादिङ र ललितपुरका सभापति बाहेक प्रदेश ३ का अन्य जिल्लाका सभापतिहरुले सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?