खाना खेर फाल्ने बानी छ ? ८२ करोड मानिस आधा पेट खान्छन्, १ खर्ब कुपोषित !

काठमाडौं- विवाह ब्रतवन्ध, पार्टी, सेमिनार, या घरको भान्सा । जताततै खाना खेर फाल्ने बढी बनाउने अरुलदरुल गर्ने बानी अधिकांशमा छ । तर जब तपाईले यो कुरा थाहा पाउनुहुनेछ तब पक्कै पनि यो बानी बदल्नुहुनेछ । अर्थात्
एक प्रतिवेदनका अनुसार संसारका आधा बालबालिका द्वन्द्व, गरिबी र लैङ्गिक विभेदका कारण खतरामा छन् । यू के सेभ द चिल्ड्रेनले प्रकाशन गरेको प्रतिवेदनमा विश्वका करिब १.२ खर्ब बालबालिकाले यी तीन मध्ये कम्तीमा एक समस्या भोगिरहेका छन् भनेर उल्लेख गरिएको छ ।

जसमध्ये १ खर्ब बालबालिका गरिब देशका हुन् भने २४० अर्ब द्वन्द्वले ग्रसित देशका हुन् । त्यसैगरी ५७५ बालिकाहरु चरम सीमामा लैङ्गिक विभेद हुने देशका रहेका छन् । तर यो ठूलो समस्या हो कि, ८२ करोड मानिस आधा पेट खान्छन्, १ खर्ब बालबालिका कुपोषित २० लाख मानिसमा मोटोपनको समस्या छ । दक्षिण एसीयाली मुलुकहरुमा मात्र ५० करोडभन्दा बढी मानिस दीर्घकालीन खाद्य असुरक्षाको अवस्थामा रहेका छन् ।

३ वर्ष अघि संयुक्त राष्ट्र संघमा २०३० सम्म सबै बालबालिकाले बाँच्न पाउने,सिक्न पाउने र सुरक्षित हुन पाउने छन् भनी विभिन्न देशहरुले प्रतिबद्धता जनाएका थिए । जति सक्दो छिटो यो समस्यालाई न्यूनीकरण नगर्ने हो भने सो प्रतिबद्धता कुनै हालतमा पूरा नहुने सेभ द चिल्ड्रेनका सि ई ओ बताउँछन् ।

प्रतिवेदन अनुसार आर्थिक, सैनिक र प्राविधिक रुपमा सबल भए तापनि अमेरिका, रसिया र चीन बालबालिकाको अवस्थाको मामिलामा विश्वमा क्रमश ३६, ३७ र ४० औँ स्थानमा रहेका छन् । स्लोभेनिया, सिङ्गापूर, नर्वे, आएरल्यान्ड, ईटाली आदिजस्ता देश भने उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।


यसरी सुधार्नुहोस् बानी
मनन गर्नुहोस् त  : हामीले ख्यालख्यालमा गरेको यो कमजोरीले गर्दा राष्ट्रलाई पनि घाटा भइरहेको छ ।

सोच्नुहोस् त  : हामी आफूलाई चाहिने भन्दा बढी खाद्यान्न खरिद गर्ने तथा त्यसको दुरुपयोग गर्नाले सदुपयोग नगर्नाले १ खर्ब बालबालिका त खानै नपाएर कुपोषित भइरहेका छन् ।

विचार गर्नुहोस् त : खानाको मात्र होइन पैसाको पनि उत्तिकै बर्बाद भइरहेको हुन्छ ।

एक कार्यक्रमका बिच संयुक्त राष्ट्रसंघका महासचिव गुट्रेसले भनेका छन्, ‘भोकमरी बढ्दै गएको अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन किनकी विश्वका धेरै मानिसले वर्षको एक अर्ब टन भन्दा बढी खाद्यन्न खेर फालिरहेका छन् ।’
यसैबचि खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन रहेकाले त्यसको असर कम गर्नका लागि पनि काम गर्नु पर्ने विज्ञले बताएका छन् । पछिल्ला दुई दशकमा विश्वले खाद्य सुरक्षामा राम्रो उपलब्धी हासिल गरेको भएता पनि सन् २०१५ देखि खाद्य सुरक्षाको अवस्था क्रमशः खस्किँदै गएको तथ्याङ्कले देखाएको छ ।


विश्वमा हरेक पाँच सेकेन्डमा भोकमरीका कारण पाँच वर्षमुनिका एक जना बालबालिकाको मृत्यु हुने गरेको छ ।
यता, नेपालको संविधानले खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतालाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ। तर हाम्रो देशमा पनि पेटभरी खान नपाएर मर्नेको संख्या उल्लेख्य रुपमा कम गर्न सकिएको छैन ।
यदि खाना खेर फाल्ने मध्ये तपाई एक हुनुहुन्छ भने यो समस्याको जड तपाई हुनुहुन्छ । यो कुरा मनन गर्नुहोला ।_ एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?