काठमाडौं – तपाई बार हेरेर काम गर्नुहुन्छ ? तपाई हामीमध्ये धेरैले बार हेरेर काम गर्छौ पनि होला । त्यसैले बिहिबार के गर्दा राम्रो के गर्दा नराम्रो अर्थात् शुभ र अशुभबारे लोकपथले केहि धार्मिक मान्यतालाई यहाँ प्रस्तुत गरेको छ ।
धर्मशस्त्रका अनुसार कुनै कुनै कार्य गर्दा जुनसुकै बार गर्नु हुँदैन । फल प्राप्त गर्नको लागि बार पनि हेर्नुपर्छ ।
यी कार्यहरु बिहिबार गर्दा शुभफल प्राप्त
धर्मकर्म गर्नु, लक्ष्मीको पूजा गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु , अध्ययन गर्नु , मन्त्र जप तप गर्नु , नया कामको अध्ययन गर्नु , वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ । यसले घरमा सुख शान्ति ल्याउँछ ।
बिहीबार सूर्य उदाउनु भन्दा अघि नै शुद्ध भएर भगवान विष्णुका नाममा गाईको शुद्ध घ्यू हालेर दियो बाल्नु राम्रो मानिन्छ । निधारमा केसरी वा बेसारको पहेंलो टिका लगाउँदा राम्रो मानिन्छ।दान गर्नु राम्रो हुन्छ । भगवान शिवका नाममा पहेँलो रंगको लड्डू चडाउँदा पुन्य प्राप्ती हुन्छ ।
फलफूलमा केरा दान गर्नु राम्रो मानिन्छ ।
अशुभ फल प्राप्त :
धर्मशास्त्रमा उल्लेख भए अनुसार यस दिन रौं काट्नु हुँदैन ।
बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ यसकारण मानिन्छ कि यस्ता कार्य बिहिबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुन्छ ।
कपाल ननुहाउनु
शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।
-भारी कपडा धुने र फोहोर हटाउने काम नगर्नु नै उत्तम हुन्छ ।
-घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहिबार नगर्नु नै उत्तम हुन्छ ।
-बिहिबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ ।
– घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ । र, सकारात्मक सोँचले तपाईको जीवन सुखमय हुन्छ । यो कहिल्यै नभुल्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया