कांग्रेस बैठक आज पनि बस्दै, के मा हुँदैछ छलफल ?

काठमाडौं, ५ माघ । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ राष्ट्रिय सभाको निर्वाचनको उम्मेदवार तय गर्ने विषयलाई मुख्य एजेन्डा बनाएर पार्टी केन्द्रिय कार्य समितिको बैठक पुनः बोलाइएको हो बिहिबार बसेको समितिको बैठकमा नेताहरुले निर्वाचन पराजयको विषय पनि उठान गरेपछि मूल विषयमा छलफलको लागि समय नपुगेको भन्दै आज पुनः बैठक बस्ने भएको हो निर्वाचन पछि पहिलो पटक बसेको बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ बिहिबार अधिकांश सदस्यहरुले सभापति देउवा विधान विपरित चलेको भन्दै आपत्ति जनाएका थिए । ८५ सदस्यीय कांग्रेसको केन्द्रिय समितिका २९ जनाले बिहीवार आफ्नो धारणा राखेका थिए बिहिवारको बसेको बैठकमा कार्य सम्पादन समिति र संसदीय समितिको भंगको माग उठेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको समूह देउवामाथि खनिएका थिए भने देउवा पक्षका नेताले सभापतिको पक्षमा बोलेका थिए राष्ट्रिय सभाको उम्मेवार छनौटका विषयमा बोलाएको बैठक शुक्रवार सकिने छ । निर्वाचनको समिक्षाको लागि राष्ट्रियसभा सदस्यको निर्वाचन पश्चात बैठक पुन बस्ने प्रवक्ता विश्व प्रकाश शर्माले बताए बैठक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?