धनकुटामा निषेधाज्ञा जारी, सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह

धनकुटा, ५ माघ । धनकुटामा बिहीबार दिनभरी कफ्र्यु लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माइकिङ गरेर निषेधाज्ञा जारी गरेको छ प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले कफ्र्यु हटाएर शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको बताए । निषेधाज्ञा जारी राख्ने वा हटाउने विषयमा राजनीतिक पार्टीका नेताहरुसँग शुक्रबार दिउँसो ११ बजे छलफल हुने प्रजिअ उप्रेतीले बताए प्रशासनले शुक्रबार बिहानबाट निषेधाज्ञा जारी गरेपछि स्थानीय बजारमा हिडुल गर्न दिएको छैन । प्रहरीले सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेका छन् । निषेधाज्ञाको कारण धनकुटाको बजार, यातायात, वित्तिय संस्था, शिक्षण संस्था बन्द भएको छ । निषेधाज्ञा लागू भएको अवस्थामा ५ जनासम्मको समुहमा हिड्न र बजारमा किनमेल गर्न पाउने कानुनी व्यवस्था प्रादेशिक राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै जारी आन्दोलनले उग्ररुप लिन थालेपछि बिहीबार ११ बजेदेखि स्थानीय प्रशासनले कफ्र्यु लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?