२१ असार २०७९, मंगलवार

छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए

२०७४,माघ,५,शुक्रवार १०:३६

9
Shares

बैतडी, ५ माघ – बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थप रु एक हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए । उनले भने “आव २०७४/७५ को साउनदेखि ४८ जना आमालाई सो रकम वितरण गरिसकेका छौँ ।”गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुशी भएका छन् । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिएबापत गाउँपालिकाले प्रोत्साहन भत्ता दिँदा जन्मिएका बालबालिकालाई न्यानो लुगा किन्न सजिलो भएको दोगडाकेदार–६ का रुवसी विकले बताइन“पैसा कमै भएपनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो”, उनले भने “दोगडाकेदार गाउँपालिकाले छोरी जन्मिँदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको छ ।”यो कार्यले आमालाई पनि साहस प्राप्त हुने र घरमै हुने विभेदको अन्त्य पनि हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन । उनले भने “छोराछोरीमाथि भेदभाव अन्त्यका लागि गाउँपालिकाले पहल थालेको हो”, हाम्रो समाजमा अझैै पनि छोरा र छोरी भनेर विभेद गरिन्छ, उनले भने “छोराछोरीबीचको विभेद अन्त्य हुने विश्वास लिएका छौँ ।”गर्भावस्थामै छोरी भए गर्भ फाल्ने हुनाले भु्रणहत्यामा कमी ल्याउनका लागि गत भदौदेखि प्रोत्साहन दिने निर्णय गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए “महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न यस्तो निर्णय गरिएको हो, छोरी जन्माउँदा घरमा पनि नकारात्मक सोचले हेर्ने भएकाले यो स्थितिमा परिवर्तन गर्नु आवश्यक छ,” उनले भने । छोरी जन्मिँदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।

प्रकाशित मिति: २०७४,माघ,५,शुक्रवार १०:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । बसमा सवार ९

संखुवासभा । जिल्ला अदालत संखुवासभाले मादी हत्या काण्डमा संलग्न ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शान्तिप्रसाद

काठमाडौं । काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा सात जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका–२ ग्वाल्दह

काठमाडौं । सिरहा र पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठा कोरियानी टोल बस्ने कासी

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६