१३ असार २०७९, सोमवार

मोरङ फुटबल संघको अध्यक्षमा पुनः धिमाल

२०७४,माघ,५,शुक्रवार ०९:४०

0
Shares

मोरङ, ५ माघ । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित भएका छन् बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् धिमालले आठ मत ल्याएका थिए भने गिरीले छ मत प्राप्त गरेका थिए । यो विजयसँगै धिमाल जिल्ला फुटबल संघमा ह्याट्रिक गरेका छन् । उनले २०६४ सालदेखि जिल्ला फुटबल संघको अध्यक्ष हुन् । फुटबल संघको उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्वाचित भएका छन् महिला सदस्यमा कौशिला लिम्बू र सदस्यमा उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, इन्द्रमणि पोखरेल, प्रेम तामाङ, खड्गबहादुर श्रेष्ठ, नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्बू र तेजराज गिरी निर्वाचित भएका छन् मोरङ जिल्लामा रहेका ए डिभिजनका १४ वटा फुटबल क्लबका १४ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेका हुन् । १४ वटा क्लबमध्ये सात वटा विराटनगर महानगरपालिकाभित्र र सातवटा महानगरपालिका बाहिरका रहेका थिए विसं २०५२ मा स्थापित संघको नेतृत्व यसअघि सन्तोष बानियाँ, प्रदीप भगत र किशोर तिम्सिनाले गरेका थिए । बानियाँले दुई कार्यकाल नेतृत्व गरेका थिए भने भगत र तिम्सिनाले एक–एक कार्यकाल नेतृत्व गरेका थिए ।

प्रकाशित मिति: २०७४,माघ,५,शुक्रवार ०९:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्त गर्दा विधान नमिचेको बताएको छ । बुढानीलकण्ठस्थित

काठमाडौं । बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारदेखि हुने भएको छ । कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्ड

काठमाडौं । चाइनिज सुपर लिग फुटबलको खेलहरुको प्रत्यक्ष प्रशारण नेपालमा एक्सन स्पोर्ट्स एच डिले गर्ने भएको छ । पहिले चाईनिज

ताजा समाचार

गाडीमा लिफ्ट दिँदा गाडी नै लुटेर टाप !
 २०७९,असार,१३,सोमवार १६:३५