काठमाडौँ, ५ माघ- पर्यटक आगमनको दृष्टिकोणबाट उल्लेख्य प्रगति भएको वर्ष सन् २०१७ मा होटेलको अकुपेन्सी (कोठा उपयोग/बिक्री) दर भने औसत मात्र रहेको छ । होटेल संघ नेपाल (हान)का अनुसार यस वर्ष औसत ६० देखि ६५ प्रतिशतको बीचमा कोठाहरू बिक्री भए भने ३५ प्रतिशत कोठा उपयोगमा आउन सकेनन् सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन करिब २४ प्रतिशतले बढेको छ । तर, उनीहरूलाई नेपालभित्र आतिथ्य सेवा दिने होटेलका कोठाको औसत खपत भने गतवर्ष हाराहारीकै बीचमा रहेको संघका महासचिव विनायक शाहले जानकारी दिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा इतिहासमै सबैभन्दा धेरै ९ लाख ४० हजार २ सय १८ पर्यटक भित्रिए, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया