किरण सम्मिलित पञ्जाबको लगातार दोस्रो जित

काठमाडौ । राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ सम्मिलित पञ्जाब फुटबल क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार घरेलु मैदानमा भएको खेलमा पञ्जाबले ईन्डियन एरोजलाई १-० गोल अन्तरले पराजित गरेको हो । अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका किरण चौथो खेलमा समेत प्लेईङ सेटमै खेलेका थिए ।

घरेलु मैदानमा दोस्रो जित निकाल्ने क्रममा पञ्जाबका लागि परिवर्तित खेलाडी दिपन्डा डिक्काले गोल गरे । इङ्ल्याण्डका जासोन हार्डको स्थान लिएका डिक्काले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि भएको खेलमा पंञ्जाबले पुर्ब च्याम्पियन चेन्नेइ सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

जितसगै आईलिगमा पञ्जाबले ४ खेलबाट ७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?