ए डिभिजन लिगको तेस्रो दिन दुई खेल हुँदै

काठमाडौ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछ।

लिगको तेस्रो दिन मंगलबार दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक-एक खेल हुनेछ । मंगलबार पहिलो खेलमा न्युरोड टिम एनआरटी र सरस्वतीबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनको साढे १२ बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा दिउँसो साढे २ बजे आमनेसामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?