पाँचथरमा मानव कंकाल फेला

पाँचथर । पाँचथरमा मानव कंकाल फेला परेको छ । फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडास्थित खोल्सीमा र फिदिम नपा–१४, लुङ्रुपामा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ । दुबै पूरुष मानव कंकाल भएको प्रहरीले जनाएको छ ।

फाल्गुनन्द–१, नवमीडाँडामा गत मंसीर २९ गते साँझ स्थानीयले काम गर्ने क्रममा मानव कंकाल देखि प्रहरीलाई खबर गरेका थिए ।
उक्त मानव कंकाल भुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सडेको अवस्थामा रहेको कंकालको जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले अनुसन्धान गरी पहिचान गरेको छ ।

उक्त कंकाल फिदिम–८, बस्ने ५२ बर्षिय गणेश भनिने हर्कबहादुर सुनुवारको रहेको पाँचथर प्रहरी को भनाई छ। कंकाललाई जिल्ला अस्पताल ल्याइ आवस्यक कानूनी प्रक्रिया प्रश्चात आफन्तलाई बुझाइएको छ । सुनुवार गत असार तेस्रो सातादेखि बेपत्ता रहेका परिवारजनले प्रहरीलाई बताएका छन् ।

फिदिम–१४, लुङ्रुपामा भेटिएको मानव कंकालको भने पहिचान हुन सकेको छैन । पूरुष मानव कंकाल रहे पनि कंकाल कसको हो भन्ने हालसम्म खुल्न नसकेको प्रहरीको भनाई छ । यस विषयमा अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?