यता देखिए डा. गोविन्द केसी

रौतहट, ५ माघ — स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ रौतहटको गढीमाई नगरपालिका–२ समनपुरमा बिहीबार आयोजित शिविरमा स्वास्थ्य परीक्षण गर्दै डा. गोविन्द केसी शिविरको पहिलो दिन बिहीबार ३५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । डा. केसी आएको सूचना पाएपछि समनपुरका योगी साह सोनार पक्षाघातले थलिएकी ४५ वर्षीया पत्नी उर्मिलादेवी साहलाई ह्वीलचेयरमा लिएर आएका थिए । केसीले करिब १५ मिनेट समय लगाएर उर्मिलाको स्वास्थ्य परीक्षण गरेका थिए । जाडोले काम्दै गरेकी उर्मिलालाई उनले एक थान कम्बल पनि दिएका थिए यस्तै, समनपुरकै ७० वर्षीया मौलादेवी साहलाई पनि केसीले शिविरमै स्वास्थ्य परीक्षण गरेर कम्बल उपलब्ध गराएका थिए । चिकित्सक अभिषेकराज सिंहका अनुसार शिविरमा आएका अधिकांश बिरामीमा उच्च रक्तचाप देखिएको छ । उनले भने, ‘अशिक्षा र गरिबीका कारण अधिकांश बिरामी उपचार नगराई घरमै बस्ने गरेको पाइएको छ ।’ केसीको टोलीलाई प्राथमिक स्वास्थ्य केन्द्र समनपुरका प्रमुख तेजनारायण यादवसहितका स्वास्थ्यकर्मीले सघाएका थिए केसीले घरघरमा पुगेर वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका थिए । उनले गढीमाईको हरैया, टोकार, समनपुर, लक्ष्मीपुर र सुन्दरपुरका १ सय वृद्धवृद्धा एवं बालबालिकालाई न्यानो कपडा ज्याकेट, टोपी, कम्बल वितरण गरेका थिए, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?