काठमाडौं । नेपाली कांग्रेसको आज १ बजे बस्ने भनिएको बैठक आन्तरिक विवादका कारण अन्योलमा परेको छ । १ बजेका लागि भनेर बोलाइएको बैठक अहिलेसम्म पनि बस्न सकेको छैन् ।
देउवा पक्ष र पौडेल पक्ष आआफ्नै छलफलमा छन् । देउवाले आफ्नो टिमसँग बुढानिलकण्ठमा छलफल गर्दैछन् भने पौडेलले पनि आफ्नै निवास बोहराटारमा असन्तुष्ट पक्षहरुको भेला गराएर छलफल गर्दै छन् ।
सोमबार विहान दुई पक्षको वार्ता समितिबीच कुराकानी भएको थियो । वार्ताका लागि उपसभापति विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका थिए ।
कुराकानी सकारात्मक भए पनि टुंगोमा नपुगेको एक नेताले बताएका थिए । १४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने माग गर्दै पौडेल समूहले बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै आएको छ ।
दुवै गुटका नेताहरु बुढानिलकण्ठ र बोहराटारमा व्यस्त भएपछि कांग्रेस केन्द्रीय कार्यलयमा सुनसान देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया