पूर्व सांसद नरेन्द्र साहले २ हजार कम्बल बाँडे

एसपी यादवसर्लाही माघ ४ – पुर्व सांसद तथा सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार नरेन्द्र साह अहिले सर्लाही क्षेत्र नं. ३ मा पर्ने प्रत्येक गापा तथा नापामा पुगेर न्यानो कम्बल बाड्नमै ब्यस्त रहेका छन् पुर्व सांसद साहले आफु प्रतिनिधि सभा सदस्य पदको चुनावमा पराजित भए पनि गरिब र असहाय जनताहरुको पिडालाई आत्मसात गर्दै १० हजार न्यानो कम्बल वितरण गर्ने लक्ष्य लिएको बताए माघ १ गतेबाट कम्बल वितरण कार्यमा जुटेका पुर्व सांसद साहले आफ्नो निजि रकमबाट चक्रघट्टा गाउँपालिका र हरिवन नगरपालिकामा चिसोबाट प्रभावित भएका विभिन्न बस्तीहरुमा बसोबास गर्ने जनताहरुलाई २ हजारभन्दा बढी कम्बल वितरण गरिसकिएको हरिवन नपा वडा नं. ३ का स्वतन्त्र निर्वाचित वडा अध्यक्ष दिपमान लोप्चनले जानकारी गराएका छन् अत्यधिक चिसो र शितलहरका कारण विपन्न परिवारका व्यक्तिहरुको मृत्यु हुने क्रम बढे पनि सर्लाही प्रशासन भने मौन रहेको छ । स्थानीय प्रसाशनले राहतका कार्यक्रमहरु ल्याउन नसकेको पीडित पक्षले गुनासो गरेका छन् । राज्य र सम्बन्धित निकायले समेत बेवास्ता गरेको अबस्थामा साहले न्यानो कम्बल बितरण गरेर विपन्न, असहाय, बृद्ध र बालबालिकाहरुलाई ठुलो राहत भएको र न्यानो कम्बल पाएपछि तिनीहरुको अनुहारमा खुसी छाएको समाजसेवी लाल बहादुर भ्लोनले बताए २ हप्ता देखी सर्लाहीमा बढेको अत्यधिक चिसो र शितलहरका कारण सर्लाहीमा सबैभन्दा बढी विपन्न वर्गका बृद्ध र बालबालिकाहरु प्रभावित भएका छन् । उनीहरुको लाई चिसोबाट जोगाउनका लागि सांसद साह लागिपरेका छन् सर्लाहीमा चिसोका कारण हालसम्म मृत्यु हुनेको संख्या ३ पुगेको सर्लाहीका  प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?