कञ्चनपुरको पुनर्वासमा तेस्रो लालझाडी टि-२० क्रिकेट प्रतियोगीता हुने

किशोर तामाङकञ्चनपुर, ४ माघ – कञ्चनपुरको पुनर्वासमा तेस्रो लालझाडी टि-२० क्रिकेट प्रतियोगीता हुने भएको छ आयोजक लालझाडी युवा क्लब ११ ले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगीता बारे जानकारी गराएको हो । आयोजकका अनुसार पुनर्वास नगरपालिका ११ स्थित राष्ट्रिय माविको खेल मैदानमा माघ १० गते देखी २० गतेसम्म खेल सञ्चालन हुनेछ । प्रतियोगिता टि-ट्वाइन्टी ढाँचामा खेलाइने क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी गराउनुभएको छ । १० दिन सम्म सञ्चालन हुने प्रतियोगीतामा नेपाल र भारतका गरी जम्मा १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ कञ्चनपुरको दक्षिणी क्षेत्रकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकक‍ो दाबी छ । तेस्रो संस्करणको उक्त प्रतियोगितामा प्रथम पुरस्कार रू. ५० हजार, द्वितीय पुरस्कार २५ हजार , म्यान अफ द सिरीज १ जनालाई ५ हजार, उत्कृष्ट ब्याट्सम्यान,वलर, फिल्डर र विकेट किपरलाई जनही ३–३ हजार प्रदान गरिने छ । यस्तै म्यान अफ द म्याच हुने खेलाडीले १ हजार नगद तथा ट्रफी र पाउने छन् लालझाडी कपको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी तथा सहप्रायोजक भुमि इटा उद्योग र बावु अटोसेल्स अत्तरीया रहेको जनाइएको छ । उक्त क्लबले विगतमा पाँचौ संस्करणसम्म फुटबल र दुई संस्करण क्रिकेट खेलको आयोजना गरिसकेको र आगामी फागुन २६ गते शहीद गोविन्द गौतमको प्रथम स्मृति दिवसमा पेनाल्टी सुट-आउट फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?