जनकपुरमा बम आतंक, अर्को स्थानमा पनि भेटियो शंकास्पद वस्तु

काठमाडौं । जनकपुरमा जताततै बम आतंक मच्चिएको छ । आइतबार राति दुई स्थानमा बम भेटिएको थियो । आज  ९ बजे फेरि स्थानमा शंकास्पत बस्तु भेटिएको छ ।

विहान धनुषाको श्रीपुर पर्वता माविमा शंकास्पद वस्तु फेला परेको छ । विद्यालयको झ्यालमा शंकास्पद वस्तु फेला परेको हो । जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सोमबार बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ ।

पर्वता माविमा विद्यालय नजिक सडक बीचमा शंकास्पद वस्तु फेला परेपछि अहिले त्यहाँ आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ । बिप्लव समूहका बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?