कञ्चनपुरको तामाङ समुदायमा पनि ल्होसारको रौनक

किशोर तामाङकञ्चनपुर, ४ माघ -कञ्चनपुरमा समेत सोनाम ल्होसार पर्व विविध कार्यक्रम गरी मनाइएको छ । २८५४ औँ सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ कञ्चनपुरले आज कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक दिवसीय सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरिएका छन् तामाङ समुदायले नयाँ वर्षका रूपमा सोनाम ल्होसारलाई मनाउने गरेका छन् । सोनामको अर्थ बाच्नु पर्ने, ल्होको अर्थ वर्ग र सार(छार) को अर्थ नयाँ वर्ष भन्ने हुन्छ । तामाङ समुदायले आज बाह्र वर्ग मध्ये चरा वर्ग (नामे ल्हो) लाई विदाइ गरी कुकुर वर्ग (नगी ल्हो) लाई स्वागत गरेका छन् पृथ्वीमा रहेका सबै जिवजन्तुहरूको सुख, समृद्धि र सद्भाव प्रकट गर्दै मनाइने यो पर्व चिनियाँ संस्कृति संग सम्बन्धित रहेको नेपाल तामाङ घेदुङका संस्थापक सचिव एवं बर्तमान सल्लाहकार भिमलाल तामाङले बताए । आजैबाट भूमि पूजा गर्ने, मान्यजनबाट आशिर्वाद लिने, शुभकामना आदानप्रदान गर्ने, कलात्मक ढंगबाट १२ वर्ग बनाई पुजापाठ गर्ने चलन रहेको उनले बताए केही वर्ष अगाडि तामाङ संस्कृति लोप हुँदै जाने हो कि भन्ने चित्तामा परेको दुर्गा बहादुर तामाङ हाल पुनः नयाँ पुस्ताले आफ्नै संस्कृति अनुसार पर्व मनाउन थाले पछि हर्षित देखिन्छन । सोनाम ल्होसारको अवसरमा आज नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?