‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् । दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलले दिउँसो साढे २ बजे प्रतिस्पर्धा गर्नेछन् ।

लिगको पहिलो खेलमा चारै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?