सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृतक १५ जनाकै सनाखत (नामसहित)

काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ छ किलो स्थित लामोसाँघु–जिरी सडक खण्डमा दोलखा जिल्लाको कालिन्चोक मन्दिर दर्शन गरी काठमाण्डौं तर्फआउँदै गरेको बा.४ ख ४४६८ नं. को बस दुर्घटना भएको हो ।

बस सडकबाट ५०० मिटर तल खसी दुर्घटना हुंदा ९ जना महिला, ३ जना पुरुष, १ जना बालिका र २ जना बालक समेत गरी जम्मा १५ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुको नाम

१. बर्ष २८ को सुक बहादुर तामाङ जुगल गा.पा
२. बर्ष ७ की सविना तामाङ जुगल गा.पा
३. १५ महिनाको रोशनी तामाङ जुगल गा.पा.
४. बर्ष २८ की मन्जू तामाङ जुगल गा.पा.
५. बर्ष २४ को महेश तामाङ रामेछाप उमाकुण्ड गा.पा.
६. बर्ष १० को रजित बस्नेत दोलखा शैलुंग गा.पा.
७. बर्ष ५५ की गंगा माया लामा लिसंखुपाखर गा.पा.
८. बर्ष ३० की रेशमा तामाङ जुगल गा.पा.
९. बर्ष ३५ की फुलमाया तामाङ जि.सि.पा बलेफी गा.पा.
१०. बर्ष ४२ की लक्ष्मी श्रेष्ठ जि.दोलखा भिमेश्वर न.पा.
११. बर्ष ३६ को राम शरण खत्री काभ्रे बेथान गा.पा.
१२. बर्ष ३५ की मैया के.सि जि.काभ्रे बेथान गा.पा.
१३. बर्ष ४२ की नाम नखुलेको नखुलेको महिला
१४. बर्ष २४ की नाम नखुलेको नखुलेको महिला
१५. बर्ष ३२ की चिनु बस्नेत जि.दोलखा शैलुंग गा.पा.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?