कांग्रेस केन्द्रीय समितिको बैठक : पुस १५ भित्रै महाधिवेशन कार्यतालिका ल्याउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठलले पुस १५ भित्रै कार्यतालिका ल्याउन निर्णय गरेको छ ।

बैठकले राधेश्याम अधिकारी नेतृत्वको केन्द्रीय निर्वाचन समितिलाई पुस १५ भित्र कार्यतालिका ल्याउन निर्देशन दिइएको छ ।

पार्टीले आन्तरिक संगठन समायोजनको काम चलिरहेको छ । संघीय ढाँचा अनुसार पार्टीका संगठनहरु पुर्नगठन गर्नुपर्नेमा अधिकांश ठाउँमा पहिलेकै संरचना यथावत छन् ।

यससँगै विभिन्न विभाग, भ्रातृ संगठन, तरुण दलको कार्यअवधि लगायत एजेन्डामाथि पनि बैठकमा छलफल भएको थियो । बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिस्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?