एनआईसी एशियाले नयाँ कार्ड प्रविधी ‘एसटुएम’ प्रयोगमा ल्याउँदै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले कार्ड सिस्टममा नयाँ प्रविधी ल्याउने भएको छ । बैंकले एसटुएम अर्थात सेलेक्ट सिस्टम ईएफटी स्वीच प्रयोगमा ल्याउने भएको हो । त्यसका लागि बैंकले S2M (Societe Maghrebine De Monétique Ltd.)  मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि सम्झौता समेत गरेको छ ।

उक्त स्वीच प्रविधी प्रयोगमा आएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनेछन् । त्यस्तै स्वदेश तथा विदेशबाट कार्डबाट हुने इ कमर्श कारोबारमा सामेत सहजता हुनेछ । त्यस्तो किसिमको स्वीचको कार्यान्वयन भएसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौती समेत समाधान हुने बैंकले जनाएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष श्री मोहम्मद अमरति रिफीले हस्ताक्षर गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?