नेकपा स्थायी समितिको बैठक : प्रचण्डले गरे राजनीतिक प्रतिवेदन पेश, भोलि फेरि बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी सहितिको बैठकमा अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डले प्रस्तुत राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेको हुन् । बैठकले सचिवालयको तर्फबाट प्रस्तुत बैठकका एजेण्डालाई स्वीकृत गरेको छ ।

सचिवालय बैठकले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयलाई स्थायी कमिटीको एजेण्डाका रुपमा पेश गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा महासचिव बिष्णु पौडेलले बिधान संशोधन प्रस्ताव पेश गरे। बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको शीर्ष स्वास्थ्यलाभको कामनासहित प्रताव पारित गरेको छ ।

बैठक सोमबार ११ बजे सम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?