धितोपत्र बजारः साताको शुरुकै दिन नेप्सेमा गिरावट

काठमाडौं । धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक साताको शुरुको दिन आइतबार नै घटेको छ । नेप्से परिसुचक अघिल्लो साता तीव्र गतिमा बढेको थियो । आज नेप्से ४.७८ अंकले घटेर ११६७.८६ बिन्दुमा आइपुगेको छ ।

आज कारोबार शुरु भएपछि परिसूचक बढ्दै गएको थियो । तर कारोबार बन्द हुने बेलामा भने शेयर बजार घट्न गएको हो । परिसूचक घट्दै जाँदा दोहोरो अंकले घटेको भए पनि अन्तिम १० मिनेटमा केही सकारात्मक देखिएकाले ठुलो नोक्सान हुनबाट जोगिएको थियो ।

धितोपत्र बजारमा आज कुल १७२ वटा कम्पनीको २० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको थियो ।जसको बजार मूल्य ६८ करोड ६० रुपैयाँभन्दा बढी रहेको छ । साथै आज अघिल्लो दिनको तुलनामा परिसूचकसँगै कारोबार रकम र शेयर संख्यामा समेत गिरावट आएको छ। कारोबारमा आएका समूहमध्ये बैंक, व्यापार र अन्य समूहबाहेक सबै समूह घट्न पुगेको छन् ।

त्यस्तै आज एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा बढि भएको छ । जसले ६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै कारोबारमा पहिले हुन पुगेको हो ।

त्यस्तै आज राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । त्ष्स्तै स्पर्श लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?