२१ असार २०७९, मंगलवार

धर्मनिरपेक्षताबारे जनमतसंग्रह गराउन माग

२०७४,माघ,४,बिहीवार २१:१८

0
Shares

काठमाडौँ, ४ माघ – पूर्वउपराष्ट्रपति परमानन्द झाले धर्मनिरपेक्षताबारे नेपालमा जनमत संग्रह गराइनुपर्ने बताउनुभएको छ नेपाल विश्व हिन्दू महासंघले आज आयोजना गरेको ‘स्वामी हेमानन्द गिरीको सम्मान’ कार्यक्रममा उहाँले कुनै व्यक्तिको खुशीका लागि मुलुकलाई धर्मनिरपेक्षता घोषणा गरिएको हो भन्दै अब त्यसबारे जनमत संग्रह गरेर छिनोफानो गर्नुपर्ने बताउनुभयो “बहुसंख्यक जनताले अहिले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले धर्मनिरपेक्षता हुने कि हिन्दू राष्ट्र हुने भन्नेमा जनमत संग्रह हुनुपर्छ ।” उहाँले हिन्दू राज्यले नै नेपालको पहिचान दिने भएकाले हिन्दू राज्य आवश्यक भएको धारणा राख्नुभयो कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले हिन्दू राष्ट्र नेपालको पहिचान भएकाले धर्मनिरपेक्षता भएसँगै नेपालको पहिचान गुम्ने खतरा बढेको बताउनुभयो । सम्मानित स्वामी गिरीले आफूले नेपालमा हिन्दूराष्ट्र हुनुपर्ने माग राख्दै विभिन्न अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । महासंघका कावा अध्यक्ष शंकर पौडेलले विदेशीको इशारामा राजनीतिक दलले हिन्दू राष्ट्रलाई धर्मनिरपेक्षतामा परिवर्तन गरेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति: २०७४,माघ,४,बिहीवार २१:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सर्लाही । प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलवार बिहान पसलमा लुकाई राखेको एक

काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने

धनुषा । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिणाममा स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको

दाङ । प्युठानमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउपालिका–६ बिजुलीकोटमा ९ जना घाइते भएका

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६