सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृत्यु भएका ६ जनाको पहिचान (नामसहित)

काठमाडौं । सिन्धुपाल्चोकमा तिर्थयात्री चढेको बस दुर्घटना भएर मृत्यु भएका मध्ये ६ जनाको पहिचान भएको प्रहरीले जनाएको छ ।

पहिचान भएकाहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २८ वर्षीय सुकबहादुर तामाङ, सात वर्षीया सविना तामाङ, दोलखा भीमेश्वर नगरपालिका–९ की ३७ वर्षीया जुनुमाया तामाङ, सोही नगरपालिकाकी मञ्जु तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका–५ का २९ वर्षीय महेश तामाङ र लक्ष्मी श्रेष्ठको पहिचान भएको प्रहरीले जनाएको छ ।

आठ मृतकको सनाखत हुन बाँकी छ। मृतकका आफन्त घटनास्थलमा आउन थालेसँगै शवको सनाखत हुन थालेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार घटनास्थलमै १२ र अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो।

बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलोमा बस दुर्घटना भएको हो । बस सडकाबट करीव ५ सय मिटर तल खसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?