आइएमई जनरल इन्योरेन्सले नगद लाभांश तथा बोनस दिने

काठमाडौं । आइएमई जनरल इन्योरेन्सले बोनस शेयर तथा नगद लाभांश दिने भएको छ । कम्पनीले ग्राहकहरुलाइ ६ प्रतिशत बोनस शेयर साथै कर प्रयोजनार्थ ० दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ । साथै बोनस वितरणपछि १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ ।
साथै आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण लाभांश वितरण गर्नै कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?