कैलाली, ४ माघ– जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय कैलालीले जिल्लाका ९ वटा नदिहरु मध्ये केही नदि नियन्त्रणको काम सुरु गरेको छ सबै स्थानिय तहमा उपसमिती गठन भईनसक्दा काममा ढिलाई भएको हो अझै केही स्थानमा समिती गठन नभएका कारण नदि नियन्त्रणको काम सुरु हुनसकेको छैन । कार्यालयमा अख्तियारी ढिलोगरि पुग्नाले पनि नदि नियन्त्रणको काम सुस्त भएको जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयले जनाएको छ चालु आर्थिक वर्ष जिल्लाका ९ वटा नदि नियन्त्रणका लागि १० करोड ९२लाख ८९ हजार रुपैया विनियोजन भएको कार्यालयले जनाएको छ जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयले जिल्लाका नौ वटा नदिहरुमा तटबन्धन तारजाली लगायतका कामहरु गर्दै नदि नियन्त्रणको काम गर्ने गरेको छ । अन्य वर्षहरुमा काम आधा भईसक्ने समयमा भर्खर काम सुरु गरेको छ जिल्लाका सबै स्थानिय तहहरुमा उपसमिती गठन नभईसक्नु र कार्यालयमा ढिलो गरि अख्तियारी पूग्नुले नदि नियन्त्रणको काममा ढिलाई भएको जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयका सुचना अधिकारी विष्णुदेव चौधरीले बताए कार्यालयले अख्तियारी पाएको १ महिना भित्रै समिती गठन गरिसक्नु पर्ने भएपनि ५ महिना पछि मात्रै समिती गठनका लागि स्थानिय तहहरुमा पत्र पठाएको हो ढिलो गरि कार्यालयले पत्र पठाउदा सबै स्थानिय तहमा समिती गठन हुनसकेको छैन । जसले गर्दा ति स्थानमा नदि नियन्त्रणको काम अझै सुरु हुनसकेको छैन । हाल नौ नदि मध्ये ४ वटा स्थानमा समिती गठन गरि नदि नियन्त्रणको काम सुर भएको सुचना अधिकारी चौधरीको भनाई छ नदि नियन्त्रणका लागि ढिलो गरि काम सुरु भएको भएपनि कार्यालयले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ त्यस्तै सदरमुकाम बचाउ कार्यक्म अन्तरगत कार्यालयले १ करोड २० लाख रुपैया छुट्याएको छ । तराई मधेश बाढि तथा बस्ती संरणका लागि ३ करोड र राष्टपति तराई च्ुरे मधेश विकास समितीका लागि २ करोड ३३ लाख बजेट विनियोजन भएको छ नदि नियन्त्रणका लागि करोडौं बजेट विनियोजन हुने गर्छ तरपनि सम्बन्धित निकायले कार्यान्वयमा ध्यान नदिदा वर्षे्नि नदी नियन्त्रणका लागि आएको लाखौ बजेट फ्रिज जाने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया