काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समिति बैठकका लागि ५ वटा एजेन्डा तय गरेको छ ।
पुष्पकमल दाहाल, प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठकले एजेन्डा तय गरेको हो ।
सचिवालय बैठकले अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन स्थायी कमिटीमा लैजाने, विधान संशोधन, अर्को केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयलाई स्थायी कमिटीको एजेण्डा तय गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागि थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया