सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

काठमाडौं, ४ माघ । बलिउड चर्चित अभिनेता सलमान खानले चन्द्रगिरी हिल्सको भ्रमण गर्ने भएका छन् दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउँदै छन् । सलमान खान निकटका मित्रत थादवाङ्गइभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट हालै श्री जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि उक्त कुराको जानकारी गराएका हुन्उक्त भ्रमणमा उनीसँगै नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुखश्री सिमान्त गुरुङ्ग पनि सहभागी भएका थिए अभिनेता खानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि यहि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको जनाइएको छ । पत्रकार सम्मेलनलाई सलमान खानका भाई सोहिल खानले सम्बोधन गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?