नेकपाको स्थायी समितिको बैठक आज बस्दै, प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आज बस्दै छ । बैठक तीन–तीन महिनामा बस्नुपर्ने विधान भएपछि झण्डै एक वर्षवछि आइतबार बस्न लागेको हो ।

गत मङ्सिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक गर्ने निर्णय गरेको थियो । स्थायी बैठक नबस्दा पार्टीका हरेक निर्णय सचिवालयले गर्दै आएको थियो ।

स्थायी समितिको बैठक बस्नु अघि सचिवालयको बैठक बस्ने बताइएको छ । विहान ९ बजे सचिवालयको बैठक बोलाइएको र दिउँसो १ बजे स्थायी कमिटि बैठक बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गत मंसिर २३ गते बसेको सचिवालय बैठकले मंसिर २७ गते अर्को बैठक बसेर स्थायी कमिटी बैठकक एजेण्डा तय गर्ने, मंसिर १४ मा भएको उपनिर्वाचनको समीक्षा गर्ने, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने निर्णय गरेको थियो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?