सिक्लेस जलविद्युत् आयोजनाले सोमबारदेखि नियमित विद्युत् उत्पादन गर्ने

पोखरा, ४ माघ । कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा निर्माण सम्पन्न सिक्लेस जलविद्युत् आयोजनाले अबको पाँच दिनपछि नियमित रुपमा विद्युत् उत्पादन गर्ने भएको छ डेढ महिनादेखि परीक्षण उत्पादन गर्दै आएको उक्त आयोजनाको परीक्षण उत्पादन सफल भएकाले सोमबारदेखि नियमित विद्युत् उत्पादन गर्ने र विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए केसी कन्स्ट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघिदेखि शुरु गरेको सो आयोजनाबाट १३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कूल रु दुई अर्ब पाँच करोडको लागतमा उक्त आयोजना निर्माण गरिएको हो । सिक्लेस गाउँ नजिकैको मड्क्यू खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट पानी तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ किमी केभी प्रसारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सवस्टेशनमा जोडिएको छ रन अफ द रिभर प्रविधिमा बनेको सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रति युनिट रु सात र वर्षायामको समयमा प्रतियुनिट रु चारमा विद्युत् खरिद बिक्री गर्ने सम्झौता गरेको निर्देशक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?