तरकारीमा नुन कतिबेला हाल्ने ?

– खाना पकाउँदा पकाउँदै नुन हाल्दा आयोडिनको मात्रा नष्ट हुने हुँदा खानापाकेपछि र खाना खानुअघि मात्र आवश्यक मात्राको नुन प्रयोग गर्नुपर्छ ।

-ढिके तथा खुला नुनको प्रयोग गर्न हुँदैन ।

-ढिके तथा खुला नुनमा आयोडिन केही मात्रामा हुने भए पनि खुला रुपमा राख्दा उडेर जाने हुँदा यस्तो प्रयोग गर्नु हुँदैन ।

-नेपालका हिमाली क्षेत्रमा अहिले पनि ढिके तथा खुला नुनको प्रयोग गर्ने प्रचलन रहिआएको छ । मानव शरीरलाई नभई नहुने सूक्ष्म पोषक तत्वका रुपमा आयोडिनलाई लिइन्छ ।

-गर्भवती महिलाले दैनिक रुपमा अयोडिनको सही मात्राको प्रयोग गर्नाले गर्भ तुहिने, मरेको बच्चा जन्मने तथा अन्य समस्या आउँदैन ।

-नेपालको भौगालिक अवस्थाका कारण यहाँका माटो र पानीमा आयोडिनको अभाव भएकाले खानामा आयोडिन मिसाएको नुन प्रयोग गर्न आवश्यक छ ।

-चिकित्सकले पशुपक्षी, मासु प्रयोग गर्नेलाई पनि यस्तो नुन खुवाउन सल्लाह दिएका छन् । दूध दिने गाई, भैँसीलाई आयोडिन नुन खुवाउँदा दूधको मात्रा बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?