काठमाडौं । बलात्कार आरोपमा इटहरीमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १९ वर्षकी एक युवतीलाई बलात्कारको आरोपमा सुनसरी इटहरी उपमहानगरपालिका–२० स्थित सन साहेव फर्निचर संचालक राजेश कुमार मेहतालाई पक्राउ गरेको हो ।
गत जेठमा बलात्कार गरेर फरार रहेका मेहतालाई इलाका प्रहरी इटहरीले पक्राउ गरेको बताइएको छ । बलात्कार गरेर फरार भएका मेहताले जाहेरी दिने युवतीलाई भारतीय नम्बरबाट फोन गरेर ज्यान लिनेलगायतको धम्की दिदै आएका थिए ।
मेहतालाई जवरजस्ती करणी मुद्दामा दिन ५ को म्याद थप गरी अनुसन्धान भई रहेको इन्स्पेक्टर रमेशकुमार बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया