४ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँ कायम भएको हो। बिहीवार छापावाला सुनको मूल्य रु ७१ हजार २०० रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुन पनि ४०० रुपैयाँले नै घटेर ७० हजार ५ सयमा झरेको छ । बिहीवार तेजाबी सुन मूल्य ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर नै रहेको रहेको छ सुनचाँदी व्यवसायि महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?