कृषि बिकास बैंकको एटिएम र बैंकिङ सेवा चार दिन नचल्ने

काठमाडौं, ४ माघ । कृषि बिकास बैंक लिमिटेडको एटिएम र मोबाइल बैंकिङ सेवा आजदेखि चार दिन बन्द हुने भएको छ बैंकले प्रयोग गरिरहेको प्रविधिकोे स्तरोउन्नती गर्न उक्त सेवा बन्द गर्न लागेको बैंकले जनाएको छ । साथै सिबीयस जडान भएका सबै शाखा कार्यालयका सम्पूर्ण सेवा शुक्रबार बन्द हुने पनि बताइएको छ बैंकको एटिएम र मोबाइल बैंकिङ सेवा आजदेखि ७ गते आइतबारसम्म बन्द हुनेछन् बैंककले आज सार्वजनिक सूचना जारी गर्दै हाल प्रयोग रहेको सिबियस–टेमोनोज टि–२४ (CBS-Temenos T24)मा स्तरोउन्नती गर्नु पर्ने भएकाले सेवा बन्द गर्नु परेको बताइएको छ बैंकले नयाँ प्रणालीको स्तरोउन्नी भएसँगै गुणस्तरीय बैंकिङ सेवा उपलब्ध हुने दाबी गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?