छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगर सहित ५ जना पक्राउ

काठमाडौं । अबैध लागुपदर्थ ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीले बिहिवार बेलुका साँढे ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ बर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै, गोप्य सूचनाका आधारमा प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली घर भई झापाको कमल गाउँपालिका–५ मा डेरा गरी बस्ने २६ बर्षीय दिपेश तामाङको कोठाबाट ९.२० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

तामाङको कोठाबाट ब्राउन सुगर बरामद भएसंगै तामाङलाई समेत पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यस्तै विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नं. ढाटबाट विराटनगर महानगरपालिका–६ का २९ बर्षीय अनुज खत्री १ ग्राम ६०० मिलीग्राम खैरो हेरोईन सहित पक्राउ परेका छन् ।

बुधवार अपरान्ह ४ बजे भारतको जोगवनीबाट पैदल नेपालतर्फ आउदै गरेका खत्रीलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको जम्फरको टोपीमा लुकाई छिपाई ल्याउदै गरेको खैरो हिरोईन बरामद भएको थियो ।

खत्रीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा लागु औषधमा ओसार पसारमा अन्य २ जनाको समेत संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?