रुखबाट लडेर एक जनाको मृत्यु

काठमाडौं । मोरङमा रुकबाट लडेर एक बृद्धको ज्यान गएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको हो ।

बिहिवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका लिम्बुको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?