पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

काठमाडौं । सुनसरीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–७ का ५५ बर्षीय पुरन चौधरीको तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहिवार अपरान्ह पौने ५ बजेको समयमा स्थानीय रास तालमा पौडी खेल्ने क्रममा अचानक डुबेर घाईते चौधरी घाइते भएका थिए । उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुका पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?